मैवाखाेला गाउँपालिका र पर्यटनको सम्भावना
पूर्वी नेपालको कोशी प्रदेश, ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने जम्मा ८ वटा गाउँपालिकाहरूमध्ये दक्षिण पश्चिम सिमानामा रहेको मैवाखोला गाउँपालका प्राकृति, जैविक, सांस्कृतिक एवम् ऐतिहाँसिक दृष्टीकोणले विविधताले भरिएको गाउँपालिका हो । पूर्वमा आठराई त्रीवेणी गाउँपालिका, पश्चिमममा सङ्खुवासभा जिल्लाको पञ्चखपन नगरपालिका र चैनपूर नगरपालिका त्यस्तै उत्तरमा मेरिङ्देन र दक्षिणमा तेह्रथुम जिल्लाको मेन्छेयाम गाउँपालकाले घेरिएको, कुल १३८ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यो गाउँपालिका नेपालको पुरानो राजनैतिक संरचना अनुसार साँघु, ढुङ्गेसाँघु र फाकुम्बा गरि तीन गाउँपालिकाहरूलाई बि.सं. २०७७ साल फाल्गुण २७ गते मिलाएर नयाँ राजनैतिक संरचनामा ढालेर बनाइएको हो । बि.सं. २०७८ सालमा गरिएको जनगणनाको नतिजा अनुसार जम्मा २२४९ घरधुरी रहेको यो गाउँपालिकामा ५१५८ जना पुरूष र ५०५५ महिला गरि कुल जनसङ्ख्या १०२१३ जना रहेको छ ।

३. मैवाखोला गाउँपालिकामा पर्यटनको सम्भावना
मैवाखोला गाउँपालिकामा पर्यटनको मूल आधारहरू निम्नानुसार रहेका छन् ।
१. जैविक विविधताः

हिमाली पारिस्थितिक पद्दत जैविक विविधताको कारण यहाँ काँडे भ्याकुर, रातो पाण्डा जस्ता लोपुन्मुख चरा तथा जीवहरू संरक्षित रहनुका साथै २८ प्रजातिको लालिगुराँसहरू पाइनु जस्तो पर्यावरणिय तत्थ्यले मैवाखोला गाउँपालिका र आसपासका क्षेत्रहरूलाइ पर्यटनकोलागि असिमित सम्भावनाहरूको ढोका खोलिदिएको छ । यो तत्थ्यको कारण मैवाखोलामा अध्ययन, अनुसन्धान, जडिबुटी संकलन, खोज अनुसन्धान, मनोरम् दृष्यावलोकन, तथा घुमफिर, विचरण जस्ता पर्यटकीय ताथ पर्यपर्यटकीय कृयाकलापहरू गर्नकोलागि यो क्षेत्र अत्यन्त उपयुक्त रहेको छ ।
२. कृषी पर्यटनः
अलैँचिखेती यो क्षेत्रको एउटा प्रमुख आयश्रोत मात्र नभइ यहाँको वर्तमान अर्थतन्त्रको मेरूदण्ड नै हो । ताप्लेजुङ जिल्ला नै सबैभन्दा ज्यादा अलैँची खेति तथा उत्पादन हुने क्षेत्रहरूमध्ये मैवाखोला गाउँपालिका पनि अग्र स्थानमा आउँछ । व्यापारीहरू यहाँ फसल लिने समयमा अलैँचिको प्रसोधित फल सङ्कलन गर्न हरेक बर्ष आउने गर्दछ जसले यहाँको पर्यटकीय महत्व अझ बढेर गएको छ । कतिपय नेपालका अलैचिखिति नभएको तर पर्याप्त सम्भावना बोेकेको क्षेत्रहरूबाट अलैचीखेती प्रविधिको प्रशिक्षण एवम विस्तार तथा प्रवर्ध्वन गर्नकोलागि आउन सक्ने सम्भावना रहेको छ । यतिमात्र नभइ कृषी वैज्ञानिकहरूकोलागि कालो सुनको रूपमा परिचित अलैचिखेतीको प्रवर्ध्वन र विस्तारका लागि अध्ययन अनुसन्धान गर्नकोलगि पनि मैवाखोला अत्यन्त उपयुक्त छ ।
३. सांस्कृतिक मूल्यः

मैवाखोला गाउँपालिकामा बौद्ध धर्मावलम्बी शेर्पा तथा तामाङ समुदायका, साथसाथै युमा धर्मावलम्बी लिम्बु समाजको वहुल्यता रहेको छ । हिन्दु, किराँत, इसाइ धर्भावलम्बी समुदाय पनि यहाँ मिलेर सहिष्णुताको अभ्यास गर्दै थरी थरी फुलको एउटै फुलबारीको रूपमा सह अस्थित्वको अभ्यास गरि बसोबास गर्छन् । लिम्बु समुदायको येबा साम्बाहरू जस्ले स्थानिय धार्मिक मान्यता अनुसार समाजमा हुनसक्ने इश्वरीय संहार तथा कष्ट हटाउनकोलागि धार्मिक अनुष्ठान गर्ने गर्दछन् , को उत्पति स्थल वसाङ्लुङ, मैवाखोलाको उत्पतिस्थल मा रहेको रमणिय सिन्धोलुङ मैवा झरना, किराँतेश्वार महादेव को अनौठो कथा बोकेको मेन्छयायाम थेगु, यहाँको थुम्का थुम्काहरूमा पुजिने देवी देउरालीका थानहरूले मैवाखोला धार्मिक एवम् सांस्कृतिक आस्थाहरूले भरिभराउ आवहवामा सिंचित छ । यि स्थलहरू सांस्कृतिक पर्यटनकोलागि साँच्चिकै एउटा उदाहरणिय स्थल बनेको छ ।
४. मेला र पर्वहरूः
बाह्रैमास मैवाखोलामा कुनै न कुनै पर्व तथा मेलाहरू लागिरहन्छन् । असार पन्त्ध्र,नाग पञ्चमी, दशैँ, तिहार, छट, फागु पूर्णीमा, चासोक तङ्नाम, काक्फेक्वा तङ्नाम, माघेनी मेला, शिवशक्ति मेला आदि यस क्षेत्रमा मुख्यतया मनाइने मेला तथा पर्वहरू हुन् । यी मेला तथा पर्वहरू साथै यी अवसरमा खेलाइने विभिन खेलहरूले यहाँको सांस्कृतिक प्रचुरता र सांस्कृतिक पर्यटनको सम्भावनालाइ प्रोत्सान दिएको छ ।
५. संरक्षित झाँकी तथा नाचहरूः

बर्षभरी मनाइने विभिन्न पर्व, मेला तथा अवसरहरूमा धाननाच, पालम, हाक्पारे, ख्लाली, स्याब्रु नाच, सेलो नाच, येबा साम्बा नाच, झाँक्री नाच, केलाङ, माङ्लाङ नाच जस्ता परम्परागत धार्मिक मूल्य र मान्यता बोकेका नचहरूले यहाँको ऐतिहाँसिक मुल्य मान्यताहरूलाई अझैसम्म पनि संरक्षित रहेको आभास दिन्छ ।
६. कन्चन्जङ्घा र पाथीभरा जने मार्ग
विश्वको तेश्रो अग्लो शिखर कञ्चन्जङ्घा र नेपालको प्रशिद्ध धार्मिक स्थल पाथिभरा जाने मार्गमा मैवाखोला पर्ने भएकोले आन्तरिक तथा वाह्य पर्यटकको लागि यो स्थान बास बस्ने थलोको रूपमा बिकास गर्दै लैजान सकिन्छ । होटल तथा होमस्टेहरूको उचित स्थापना तथा व्यावस्थापन गर्दै लैजानसके यो क्षेत्र ट्रेकिङ्कोलागि पनि उपयुक्त स्थानको रूपमा बिकास गर्न सकिन्छ ।
४. मैवाखोला गाउँपालिकाको पर्यटकीय स्थलहरू
मैवाखोला गाउँपालिकाका पर्यटकीय सम्भावना बोकेका प्रकृतिक, सांस्कृतिक, सामाजिक एवम् ऐतिहाँसि दृष्टीकोणले महत्वपूर्ण स्थलहरू निमन्सार रहेका छन् ।
- मिल्के डाँडा
- वसाङ्लुङ
- विभिन्न झरनाहरू(सिन्धोलुङ मैवा झरना, छाँगा रिङ्बु, छाँगाटार माङ्मायाँखोला)
- फागलुङ माङ्गेन्नायक पिरिङ्गे
- मेन्छ्यायाम थेगु
- माछापोखरी गोर्जाटार
५. मैवाखोलामा मनाइने विभिन्न चाड पर्वहरू
मैवाखोलामा मनाइने पर्यटकीय महत्व बोकेका मुख्य मुख्य चाडहरु निम्नानुसार रहेका छन् ।
- दशैँ तिहार
- चासोक तङ्नाम
- माघेनी पर्व
- शिवशक्ति मेला
६. मैवाखोला गाउँपालिकामा पर्यटन पूर्वाधारहरू
मैवाखोला गाउँपालिका हाल आएर पर्यटन बिकासकोलागि जागरूक र सचेत भएर अघि बढिरहेको छ । “मैवाखोला गाऊँ पालकाको पर्यटन गुरुयोजना (२०७७/७८-२०८३/८)” को निर्माण गरी योजनाबद्ध हिसाबले बिकासको काम अगाडी बढाउने, आफ्नो नारा “सुखी र समृद्द मैवाखोलाको आधारः अर्गानिक कृषी, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार” मा पनि पर्यटनलाई मैवाकोलखोलाको सम्मृद्धिको आधार मान्नुले स्थानिय सरकार पनि मैवाखोलाको पर्यटन बिकासकोलागि कटिबद्ध भएर लागिरहेको तत्थ्यलाई स्वीकार्दछ । गुरूयोजनाको तत्थ्याङ्क अनुसार ४ ओटा उद्योगहरू, १२ वटा व्यापार व्यावसायहरू, ८ वटा सडक मार्गहरू, ११ ओटा होटल व्यावसायहरू, ६ ओटा खेलमैदान तथा मनोरन्जन स्थलहरू स्थापित भएर सञ्चालन भइरहेको तत्थ्याङ्कले मैवाखोला गाउँपालकामा पर्यटन पूर्वाधारको बिकास निरन्तर भइरहेको जनाउँदछ ।